सन नेपाललाइफले गर्यो उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम
काठमाडौँ । सन नेपाललाइफ इन्स्योरेन्स कम्पनीले भदौ २९ गते दमक, धनकुटा र बसन्तपुरमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवन बीमाको महत्ववारे प्रकाश परेका थिए ।
प्राइमलाइफद्वारा अर्घाखाँचीमा नयाँ अभिकर्तालाई तालिम
काठमाडौं । प्राइमलाइफ इन्स्योरेन्स क. लि.ले अर्घाखाँचीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको छ । बीमा कम्पनिहरुको नियामक निकाय बीमा समीतिद्धारा स्वीकृत प्रदान गरीएको उक्त तालिममा जिल्लाका विभिन्न स्थानबाट उपस्थीत नयाँ अभिकर्ताहरुलाई प्रदान गरिएको हो । बीमाको पहुँच पुर्याउन घरघरमा प्राइमलाइफ जनजनमा प्राइमलाइफ भन्ने उद्देश्य सहित कम्पनीले उक्त तालिम भदौ २६, २७ र २८ गते ३ दिन सन्धिखर्क अर्घाखाँचीमा सञ्चालन गरेको थियो । उक्त तालिम अर्घाखाँची कार्यालय प्रमुख नारायण घिमिरेको मुख्य प्रशिक्षणमा सम्पन्न भएको थियो भने कम्पनिका एजेन्सी मेनेजरहरुले पनि प्रशिक्षण र सहजीकरण गरेका थिए ।
पोखरामा बीमा संस्थानले गर्यो जीवन बीमा अभिकर्ता आधारभूत तालिम
काठमाडौँ । राष्ट्रिय बीमा संस्थानको आयोजनामा पोखरामा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ । भदौ २६ गतेदेखि २८ गतेसम्म आयोजित कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो । तालिममा बीमाको परिचय, सिद्धान्त, प्रकार र राष्ट्रिय बीमा संस्थानका बीमालेखहरुबारे जानकारी गराइएको थियो । त्यसैगरी बीमा ऐन, नियमावली लगायतका कानूनहरु र अधिकर्ताले पाउने सेवा सुविधाबारे स्पष्ट पारिएको थियो । अभिकर्ता संख्या बृद्धि र व्यवसाय बिस्तार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संस्थानले जनाएको छ ।