युनाइटेड इन्स्योरेन्सले ५ लाख कित्ता शेयर बिक्री खुला गर्यो

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले संस्थापक तथा सर्वसाधारण तर्फको अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । सोही प्रयोजनको लागि इन्स्योरेन्स कम्पनीले शिलबन्द बोलपत्र आह्वानको सूचना प्रकाशन गरेको छ । इन्स्योरेन्स कम्पनीले गत भदौ ३ गतेदेखि असोज २३ गतेसम्म बिक्री खुल्ला गरि आवेदन माग गरेको थियो । त्यति बेला सो शेयर खरिद भएन । त्यसपछि इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको १ लाख ५७ हजार ६ सय कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख ४१ हजार ५ सय कित्ता गरी जम्मा ४ लाख ९९ हजार १ सय कित्ता शेयर बिक्रीका लागि आवेदन खुला गरेको हो । इन्स्योरेन्स कम्पनीको संचालक समितिको निर्णय अनुसार संस्थापक समूह तर्फको सेयर खरिद गर्न चाहने व्यक्ति तथा संघ संस्थाहृले मंङ्सिर १७ गते ३ बजेसम्म शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्ने छन् । शिलबन्दी बोलपत्र मंसिर १० गते देखि ढिलोमा मंसिर १७ गतेसम्म पेश गर्न सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

बीमा व्यवसायमा सबैभन्दा बढी आयकर बुझाउने नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीमध्येमै सबैभन्दा बढी आयकर दाखिला गरेको छ । उक्त स्वरुप आन्तरिक राजस्व विभागले कम्पनीलाई कदर स्वरुप सम्मान गरेको छ । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा मंसिर १ गते काठमाडौंमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झालाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् । सो अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत झाले यो सम्मानले कम्पनीलाई अझ जिम्मेवार बनाएको तथा नेपालको बीमा व्यवसाय अझ परिस्कृत गर्दै सबै जनताका सामु पुगी सेवा प्रदान गर्दै अगाडि बढ्न र नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउन हौसला मिलेको बताएका छन् । जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजार हिस्सा ओगटेको यस कम्पनीको चुक्ता पूँजी ५ अर्ब ५० करोड र लगानी ७८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको पहिलो चार महिनामा जम्मा ९ अर्ब ६२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । १ लाख ३५ हजार ६ सय १० प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीमा स्वेदेशी तथा विदेशी गरी २६ लाख ६९ हजार ८ सय ८६ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका इन्स्योरेन्सले जानकारी दिएको छ ।

सबैभन्दा बढी नाफामुलक व्यवसाय गर्नेमा आईएमई लाइफ इन्स्योरेन्स, पायो सम्मान पत्र

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ का लागि नेपाल पूनर्बीमा कम्पनीमा पूनर्बीमा प्रदान गरेका जीवन बीमा कम्पनीहरु मध्ये आईएमई लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी नाफामुलक व्यवसाय गरेको छ । इन्स्योरेन्सले पूर्नबीमा शुल्क र दाबीको आधारमा सबैभन्दा बढी नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मान पत्र प्राप्त गरेको छ । उक्त सम्मानपत्र नेपाल पूनर्बीमा कम्पनीको छैठौं वार्षिक उत्सव कार्यक्रमको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले इन्स्योरेन्सलाई प्रदान गरेको हो । इन्स्योरेन्सले ७६ जिल्लामा आफ्नो १०० भन्दा बढि शाखा तथा उपशाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी, कम्पनीले घातक रोग विरूद्ध उपचार खर्च, लघुवीमा, सामुहिक बीमा लगायत बीमितलाई प्रत्यक्ष फाइदा पुग्ने विभिन्न किसिमका बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीले निकट भविष्यमा समेत सम्भावित ग्राहक एवं बीमितको चाहना अनुरुप लाभदायक बीमा योजनाहरू प्रस्तुत गर्ने बताएको छ । साथै, कम्पनीले थप शाखा तथा उपशाखा कार्यालयहरू मार्फत सेवा विस्तार गरि जीवन बीमाको पहुंच वृद्धि गर्ने लक्ष्य लिएको छ ।