सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: क्षेत्री

काठमाडौ । सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा चंखु क्षेत्री नियुक्त भएका छन् । हाल सोही कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा रहेका क्षेत्रीको पुन: ४ वर्षको लागि कार्यकाल थपिएको हो । कम्पनी संचालक समितिले क्षेत्रीलाई अर्काे एक कार्यकालको लागि नियुक्त गरेको हो । क्षेत्री नेपाल बीमक संघका महासचिवप नि हुन् । निर्जीवन बीमा व्यवसाय गर्ने २० कम्पनीहरु माझ सगरमाथा इन्स्योरेन्स कम्पनी चर्चित कम्पनी हो । बीमा क्षेत्रका केही परिसुचकहरुमध्येमा सगरमाथा इन्स्योरेन्स केहीमा पहिलो तथा केहीमा दोस्रो स्थानमा छ । कम्पनी संचालक समिति बैठकले गत जेठ २२ गते उनलाई अर्काे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने सहमतिको लागि बीमा समितिमा पत्राचार गरेको थियो । समितिले असार १७ गते स्वीकृति दिएपछि संचालक समितिको अर्काे बैठक असार २५ गते बसेर उनलाई थप एक कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । उनीसँग बीमा क्षेत्रमा २ दशक भन्दाबढी समयको अनुभव छ । सगरमाथा इन्स्योरेन्स कम्पनीमा आउनु पूर्व क्षेत्रीले ओरेन्टल इन्स्योेरेन्स कम्पनी र युनाईटेड इन्स्योरेन्स कम्पनीमा कार्य अनुभव संगालेका छन् ।

ज्योति लाईफद्धारा विभिन्न पदकाे लागी कर्मचारी माग

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लगी कर्मचारी माग गरेको छ । ज्योति लाईफले एरिया सेल्स म्यानेजर, शाखा प्रमुख / उप–शाखा प्रमुख, बजार प्रतिनिधी, बजार प्रतिनिधी र कनिष्ठ सहायक/ सहायक/ बरिष्ठ सहायक पदका लगी कर्मचारी माग गरेको हो । आवेदन दिनको लागि आवेदकको शैक्षिक योग्यता न्यूनतम कक्षा १२ रहेको र १८ वर्ष भन्दा माथि र ४० बर्ष भन्दा मुनिको हुनुपर्ने कम्पनिले जनाएकाे छ । काठमाडौं र बाहिरका जिल्लाहरुको लागि कम्पनिले कर्मचारी माग गरेको हाे । आवेदकहरुले श्रावण १३ सम्म कम्पनिकाे ईमेल ठेगाना [email protected] मार्फत आवेदन दिनसक्ने कम्पनिले जनाएकाे छ ।    

नेपाल बङ्गलादेश बैंकद्वारा १५ लाखको दुर्घटना बीमा भुक्तानी

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले बीमा सुविधा अन्तर्गत दुर्घटना बीमा वापतको १५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले ल्याएको बचत खाता योजनाको बीमा सुविधा अन्तर्गतको दुर्घटना बीमा वापतको प्राप्त रकम १५ लाख रुपैयाँ स्वर्गीय शेर्पाकी पत्नी श्रीमती पेमलमु शेर्पालाई हस्तान्तरण गरेको हो । बैंकको धनकुटा जिल्लामा रहेको सिंधुवा शाखाका कर्मचारी बचत खातावाहक स्वर्गीय शाङ्गे शेर्पाको दुर्घटनामा परी असामाहिक निधन भएकोमा निजको पत्नी श्रीमती पेमलमु शेर्पालाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन् । बैंकले असार २९ गते बैकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा एक कार्यक्रमको बीच उक्त रकम हस्तान्तरण गरेको हो । बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न खालका सुविधाहरु दिंदै आएको परिप्रेक्ष्यमा यस प्रकारको प्रयासबाट मृत्यु भएका ग्राहकको परिवारको आर्थिक हित हुने अपेक्षा रहेको छ । साथै आगामी दिनहरुमा पनि बैकले आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ्ग सुविधा प्रदान गर्ने जानकारी गराएको छ । बैंकले ९७ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ