भारतमा पेट्रोलको भाउ बढेर ९० भारु पुग्यो, नेपालमा पनि बढ्ने संभावना

  २०७५ असोज ९ गते १२:०२     विकासन्युज

एजेन्सी । भारतमा पेट्रोलिय पदार्थको भाउ बढेर नयाँ रेकर्ड कायम भएको छ । भारतका आयल मार्केटिङ कम्पनीहरुले पेट्रोलको भाउ बढाएर प्रति लिटिर ९० रुपैयाँ २२ पैसा भारु पुर्याएका छन् । यो मुम्बइको मूल्य हो । यस्तै डिजलको भाउ पनि बढेर ७८ रुपैयाँ ६९ पैसा पुगेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।

यस्तै राजधानी नयाँ दिल्लीमा पेट्रोलको भाउ बढेर लिटरको ८२.८६ पैसा पुगेको छ । डिजेलको मूल्य पनि बढेर ७४.१२ पैसा पुगेको छ । चेन्नाइमा पेट्रोल लिटरको ८६.१३ र डिजेलको ७८.३६ पैसा पुगेको छ । कोलकतामा पनि भाउ बढेर पेट्रोल लिटरको ८४.६८ र डिजेल ७५.९७ पैसा पुगेको छ ।

अमेरिकाले इरानमाथि आर्थिक प्रतिवन्ध लगाएपछि पेट्रोलियमको भाउ बढ्न थालेको हो । रसियालगायत ओपेक मुलुकले पनि उत्पादन कटौती गर्दा भाउ बढेको छ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर व्यारेलको ८१.४२ डलर पुगेको छ ।

नेपालले भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्ने भएकाले यसको असर पर्ने देखिएको छ । नेपाल आयल निगम लिमिटेडले इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट पेट्रोलियम खरिद गर्दै आएको छ । असोजमा मात्रै सरकारले २ पटक पेट्रोलियमको मूल्य बढाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.