क्यान्सरपीडित बालकलाई महालक्ष्मी विकासको सहयोग

  २०७५ भदौ ३१ गते १८:५३     विकासन्युज

काठमाडाैं । महालक्ष्मी विकास बैंकले दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं २ का रक्त क्यान्सरपीडित बालकविश्वास कार्कीलाई आर्थिक सहयोग गरेको छ । बैंकको बानेश्वर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिभिल अस्पतालमा उपचाररत ८ बर्षीय तीबालकलाई १० हजार रुपैयाँसहित फलफुल सामग्री प्रदान गरेको हो ।

बैंकका बानेश्वर शाखा प्रबन्धक सुजाता लामिछानेले सिभिल अस्पतालमा नै आएर क्यान्सर पीडित बालकका पिता जीवन कार्कीलाई आइतबार उक्त रकम हस्तान्तरण गरेकी हुन् । बैंकले वित्तीय कारोबारसँगै आफ्नो कार्यक्षेत्र आसपासका विद्यालय, अशक्त, विरामी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस्ता खाले सहयोग गर्ने गरेको उनले बताइन् । रक्तक्यान्सर पीडित बालकलाई संस्थाकोतर्फबाट यस्तो सहयोग गर्न पाउँदा सन्तोष लागेको उनले जनाइन् ।

बैंकका सबै शाखाले हरेक वर्ष सामाजिकउत्तरदायित्वअन्तर्गत यस्ताखाले कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बैंकले जनाएको छ । पीडित बालकका पिता कार्कीले छोराको उपचारार्थ सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गरे । छोराको उपचारका लागि ठूलो रकम लाग्ने भएकाले सबैसँग सहयोगका लागि उनले अपील गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.