हिमालय फाइनान्सको कर्जा असुलीको काम नेक्सजेन म्यानेजमेन्टले गर्ने

  २०७५ भदौ २८ गते १५:४४     विकासन्युज

काठमाडौं । हिमालय फाइनान्स लिमिटेड लिक्विडेटर कार्यालयको कर्जा असुली तथा व्यवस्थापनको काम अब नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले गर्ने भएको छ । दुई संस्थाबीच हालै भएको सम्झौता पश्चात नेक्सजेन म्यानेजमेन्टले उक्त वित्तीय संस्थाको लिक्विडेटरको आधिकारिक प्रतिनिधि भई कर्जाको असुल तथा व्यवस्थापनको काम गर्ने भएको हो ।

यस सम्झौताले बैंकिङ तथा वित्तीय क्षेत्रलाई नयाँ विशेषज्ञता सेवा उपयोग गर्न प्रोत्साहन गर्दै साविकको पारम्परिक कामलाई मध्यस्थकर्ता मार्फत गराउने कार्यलाई बढवा दिने कम्पनीको विश्वास छ । साथै, यस्तो कार्यले बैंक तथा वित्तीय संस्था आफ्नो मौलिक कार्यमा केन्द्रित हुँदै नयाँ नयाँ बैंकिङ काम गर्न सजिलो हुने कम्पनीले अपेक्षा गरेको छ ।

पुनरावेदन अदालतको निर्णय बमोजिम हिमालय फाइनान्स कम्पनी खारेजीका लागि लिक्वडेटरको नियुक्ती भई खारेजी प्रक्रियामा रहेको छ । त्यस्तै, नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स वित्तीय बजारमा बैंक तथा वित्तीय संस्थाको कर्जा असुली तथा व्यवस्थापनको लागि स्थापित विशेषज्ञ सेवा दिने कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.