लोकभाका बिलाउँदै गएको अवस्थामा आफ्नो संस्कृतीलाई जीवन्त राख्न लागिपरेको छुः अन्जान गौतम

  २०७५ भदौ २८ गते १३:०६     विकासन्युज

 गुल्मी दरबार गाउँपालिका झिरबासमा जन्मिएका गायक अन्जान गौतम लोक तथा दोहोरी गायक हुन। ४ बर्षअघि संगीतको दुनियाँमा प्रस्थान गरेका उनले यसलाई आफ्नो जीवनको एउटा सहि निर्णय रहेको बताउँछन्। काब्रेपोखरी मा.वि जुगुम गुल्मीबाट एसएलसी दिएका उनले प्लस टु बागबजारको काठमाडाैं मोडल कलेजबाट गरेपछि अपोलो ईन्टरनेसनल कलेजबाट बीबीए गरिसकेपछि सांगितिक दुनियाँमा छिरेका हुन्। हाल उनी शंकरदेव क्याम्पसमा मास्टर डिग्री अध्ययन गरिरहेका छन्। सांगीतिक यात्राका विषयमा गायक गाैतमसंग विकासन्युजका लागि डोमी शेर्पाले गरेको कुराकानी ।

यहाँलाइ संगीत प्रति रुची कसरी बढ्यो?

म सानै हुँदादेखी नै संगीत प्रति झुकाव राख्थें। आमाबुवाले केही गर्न नसके पनि यसले गाएर चाँही खान्छ है भन्नु हुन्थियो। सानैबाट घरमै खुब गाउँने गरिन्थियो। यताउता गाउँमा हुने कार्यक्रमहरुमा पनि म गाउँने गर्थे। त्यसरी गाउँदै जाने क्रममा मेरो संगित प्रति झनै रुची बढ्दै गयो । कसरी गीत रेकर्ड गरिदोँ रहेछ भनेर जान्ने पनि मेरो ठुलो ईच्छा थियो । त्यही सिलसिलामा स्नातकपछि म यस संगितको दुनियाँमा प्रवेश गरेको हुँ।

तपाईंले अहिलेसम्मको कति वटा गीत रेकर्ड गराईसक्नु भयो?
मैले अहिले सम्म ४ वटा तीजको, एउटा दोहोरी र दसैंको गीत रेकर्ड गराई सकेको छु। तीजको गीत बढी भए पनि मैले लोकगीतलाई बढी प्रथामिकता दिने प्रयासमा छु  ।किनभने म आँफैमा पनि लोकभाका प्रेमी हुँ। लोकभाका बिलाउँदै गएको अवस्थामा म एक युवा भएको हिसाबलेले आफ्नो संस्कतीलाइ जीवंत राख्नुपर्छ भन्ने मेरो सोच रहेको छ। मेरा सबै गीतहरु युट्युबमा उपलब्ध छन्।

दर्शकको प्रतिकृया कस्तो पाउनु भएकाे छ?
दर्शकको राम्रो प्रतिकृया रहेको छ । जसको कारण मलाई हरदम गाउन प्रोत्साहन मिलेको छ। ब्यवसायीक हिसावमा राम्रो हुन नसके पनि दर्शकको मनमा ठाउँ पाएको छु। युट्युब र स्टेज कार्यकरम आम्दानीका श्रोत रहेको छ। अहिलेसम्म आमदानी सन्तोषजनक रहेको छ। मैले अहिलेसम्म सबै गीतहरु स्पोन्सरबाटै गरेको छु। मेरो बिदेशमा दाजुभाई र साथीहरु हुनुहुन्छ, उहाँहरुकै सहयोगमै अहिलेसम्म मेरो सांगीतिक यात्रा अघि बढीरहेको छ ।

औपचारिक रुपमा तपाईले संगीत सिक्नु भयो कि भएन ?
अँह, मैले अहिलेसम्म औपचारिक रुपमा संगीत सिकेको छैन। म अहिले अब अर्को दोहोरी गीत रेकर्ड गर्ने क्रममा छु । पढाईको लागि बाहिर जाने तयारिमा छु । त्यसैले गर्दा पनि मैले मेरो ट्रेनिङमा ध्यान दिन पाईरहेको छैन । तर म अब म ट्रेनिङ लिने तयारिमा छु। बाहिर जानअघि ट्रेनिङ लिएर बिदेशमा गएर पनि त्यसलाई निरन्तारता दिने सोच मैले बनाएको छु। मैले अझै यो क्षेत्रमा धेरै गर्न बाँकी छ।

बिदेश गएर संगीत बिर्सिने त हैन?
त्यसतो त होईन संगीतमा सधैं मन मुटुमा रहिरहन्छ। ठाउँ परिवर्तन गरेर संगीतलाई बिर्सिने हुँदैन। म जहाँ भए पनि संगित सधैं म संगै रहनेछ।

अहिले आएको नयाँ गीत  कस्तो रहेको छ?
अहिले मेरो गीत तीजकाे टिपिकल गीत हाे। यसमा देवी घर्ती र मेरो स्वरमा छ। यसमा लय शब्द पनि मेरो छ। यसमा अरेन्ज कृष्ण भान्जाले गर्नुभएको हो भने रेकर्डिङ बागबजार सांगरा स्टुडियोबाट गरेको हुँ।

कस्तो दर्शकले तपाईंको गीत मनपराउने गरेका छन ?
मेरो संगीत मनपराउनु हुने प्राये युवाहरु भन्दा पनि युवा अवस्था पार गरेका मानिसहरु हुनुहुन्छ। भ्याली भन्दा बाहिर रहेको दर्शकहरुको माया बढी पाइरहेको महसुस हुन्छ मलाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.