भृकुटिमण्डपमा शुरू भयो तिज मेला, यस्ता छन् विशेषता(फोटोफिचर सहित)

  २०७५ भदौ ७ गते १६:३०     प्रकाश देवकोटा

 

भृकुटिमण्डपमा सुरु भयो तिज मेला २०१८

काठमाडौं । ‘हामी सबै शिर्जनशिल महिलाको एउटै नारा। सिप सिकौं, उद्यम गरौं, बनौं आत्मनिर्भर सारा ।’ भन्ने नारासहित महिला शिर्जनशिल केन्द्रको आयोजना तथा इभेन्टसंसार डटकमको व्यवस्थापनमा यहि भाद्र ७ गते विहिबारदेखि भृकुटिमण्डपमा १७औं तिज महोत्सव बृहत तिज व्यापार मेलाु शुरु भएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाबाट उद्घाटन भएको यस मेलामा २०० वटा भन्दा बढि स्टलहरु राखिएको छ ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाबाट मेलाकाे उद्घाटन

यस मेलालाई जापानी प्रसिद्ध ब्राण्ड ‘मिनीसो’ ले प्रस्तुत गरेको छ भने डाबर नेपालको गुलाबरी रोज वाटरको मुख्य प्रायोजन तथा महिलाहरुले प्रयोग गर्ने सेफ्टि को सहकार्य रहेको छ । मेलामा १० भन्दा बढि स्टलहरु असाय, अशक्त, अपाङ्ग र ग्रामिण क्षेत्र पिछडिएका दिदि बहिनीहरुलाई निशुल्क उपलब्ध गराईएको छ ।

तिजका लागी सामान खरिद गर्दै महिला दिदी बहिनीहरु

सन २००२ बाट महिला शिर्जनशिलता र उद्यमशिलता लाई प्रोत्साहन गर्ने उद्धेश्यले शुरु भएको तिज महोत्सव मेला यस पटक काठमाडौं केन्द्र भृकुटिमण्डपमा आयोजना भएको छ । मेलाको अवधिभर १,००,००० भन्दा बढी आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरेका छौं । महिला शिर्जना र उद्यमशिलतालाई प्रोत्साहन गर्ने उदेश्यले यस पटक ५ उत्कृष्ट व्यवसायलाई अवार्ड दिने प्रदान गरिने छ ।

लोक दोहोरी गायिका मिना ढकाल आफना ग्राहकहरुलाई तिज बिशेष सामान देखाउदै

बृहत तिज व्यापार मेलाको विशेषताहरुः अवलोकनकर्ताहरुको लागी निशुल्क स्वास्थ्य शिविर । निशुल्क फोटो सुट । निशुल्क मेहेन्दि आर्ट । निशुल्क हेयर कटिङ्ग । लगायत हात खालि नजाने उपहारहरु राखिएको छ ।

हातमा मेहेन्दि लगाउदै एक महिला

यस महोत्सवमा २५ रुपैयाँ प्रवेश शुल्क पनि राखिएको छ । यस बाट प्राप्त भएको ५० प्रतिशत रकम सामाजिक संस्थालाई प्रदान गरिने छ साथै दुर दराज वा रोगी बिरामी महिला दिदी बहिनीहरुलाई उपचार खर्चको रुपमा प्रदान गरीने छ ।

स्टलमा सामान मिलाउदै महिला व्यापारी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.