एशियन लाईफ इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

  २०७५ भदौ १ गते १२:५६     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले १० बराबर ६ अनुपातको हकप्रद सेयर जारी गर्न आफ्नो बिक्री प्रबन्धकमा उक्त क्यापिटललाई नियुक्त गरेको हो ।

उक्त नियुक्ती सम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

इन्स्योरेन्सले वार्षिक साधारण सभाबाट पारित भएबमोजिम हालको चुक्ता पुँजीको ६० प्रतिशत अर्थात ७५ करोड ४० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । हकप्रद पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ पुग्ने इन्स्योरेन्सले जनाएको छ ।

इन्स्योरेन्सको हाल ५ अर्ब रुपैयाँ अधिकृत पूँजी रहेको छ । बीमा कोषल १३ अर्ब १३ करोड रुपैयाँ र कूल लगानी १२ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.