बीओकेको नाफा १८ प्रतिशत बढ्यो, गत वर्ष १५४ अर्ब

  २०७५ साउन ३० गते ११:१५     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेड (बीओके) ले गत आर्थिक वर्षमा नाफा १८ प्रतिशत बढाएको छ । बैंकले गत आर्थिक वर्ष ०७४÷०७५ मा १ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३१ करोड २३ लाख रुपैयाँ खुदनाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकले २३ करोड रुपैयाँ नाफा बढाएको छ ।

बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा ब्याज आम्दानी बढाएर ३ अर्ब १२ करोड २२ रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६७ करोड ६६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

बैंककको प्रतिसेयर आम्दानी (ईपीएस) २१ रुपैयाँ ८४ पैसा रहेको छ । अघिल्लो वर्ष २४ रुपैयाँ ७५ पैसा थियो । यस्तै बैंकको निष्क्रय कर्जा १.३२, निक्षेप लागत ८.८७, कर्जा निक्षेप अनुपात ७६.३०, आधारदर १०.६७ प्रतितश रहेको छ ।

बैंकले ७७ अर्ब १६ करोड रुपैयाँ निक्षेप परिचालन गरेर ६८ अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित कोषको आकार बढेर ६ अर्ब ३५ करोड ६३ लाख रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.