उद्योग मन्त्रालयको समिक्षा: घरेलु र सैनिक उत्कृष्ट, आयल निगम झुर

  २०७५ साउन २९ गते १८:००     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले आफु सहित मतहतका विभिन्न विभाग,समिति र कार्यालयहरुको वार्षिक कार्य प्रगति मूल्याङकन गरेको छ । आर्थिक वर्ष २०७४ र ०७५ मा घरेलु तथा साना उद्योग विभाग (जिल्ला) र सैनिक सामाग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशनालय कार्यसम्पादनमा उत्कृष्ट बन्दा अबौंको कारोबार गर्ने आयल निगम सबैभन्दा झुर गर्ने निकायमा दर्ज भएको छ ।

मन्त्रालयलको समिक्षा विवरण अनुसार घरेलुले १०३.५० प्रतिशत कार्यप्रगति गरेको छ भने सैनिकले १०० प्रतिशत कार्यप्रगति गरको छ । ८० प्रतिशत भन्दा बढी कार्यप्रगति गर्ने ९ वटा विभाग तथा कार्यालय रहेका छन् । जसमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, नेपाल गुणस्तर तथा नाप तौल विभाग, पेट्रोलियम अन्वेषण परियोजना, खानी तथा भूगर्भ विभाग, घरेलु तथा साना उद्योग विकास समिति, कम्पनी रजिस्टर कार्यालय र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय रहेका छन् ।

यसैगरी ५० देखि ८० प्रतिशत कार्य प्रगति गर्नेमा उद्योग विभाग, सडक विभाग, नेपाल विद्युत प्राधिकरण लगायत १६ वटा कार्यलय तथा विभाग रहेका छन् । यस्तै ५० प्रतिशत भन्दा कम कार्यप्रगति गर्नेमा ५ वटा कार्यालय तथा विभाग रहेका छन् । सबैभन्दा कम कार्यप्रगति गर्नेमा आयल निगम रहेको छ । उसले वर्षभरीमा जम्मा १४ प्रतिशत भन्दा मात्रै कार्यप्रगति गरको छ ।

आर्थिक वर्ष ०७४/०७५ ५० प्रतिशतभन्दा कम प्रगति गर्नेमा नेपाल भारत क्षेत्रिय व्यापार तथा पारवहन आयोजना, केन्द्रिय कारागार कारखाना र ग्रामिण उद्यम तथा विप्रेषण आयोजना रहेका छन् ।

मन्त्रालयले मुख्य उपलब्धीहरुमा नवलपरासीको धौवादी फलाम अन्वेषणमा भएको प्रगति, धादिङको चुनढुङगामा भएको प्रगति, निजी क्षेत्रको ४ अर्ब लगानी भई भैरहवामा स्थापना हुने उद्योगले ३ हजार जनालाई रोजगारी दिने लगायत विषयलाई मूख्य उपलब्धीको रुपमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.