प्रथम राष्ट्रिय प्रि-हस्पिटल केयेर सम्मेलन शुरु, मेडिकल बेसकाे ज्ञान दिने उद्देश्य

  २०७५ साउन ३ गते १९:२१     विकासन्युज

काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल एम्बुलेन्स सेवा (नास), विश्व स्वास्थ्य संगठन नेपाल, डेनिस रेड क्रस र युरोपियन युनियन मानवअधिकार निवारण र नागरिक संरक्षणले नेपालमा पूर्व अस्पताल हेरविचार विषयमा पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरेको छ ।

बिहीबार(आज)बाट शुरु भएको उक्त सम्मेलनको उद्घाटन मुख्य अतिथि स्वास्थ्य र जनसंख्या राज्य मन्त्री पदमाकुमारी अर्यालले गरेका छन् । सम्मेलनमा स्वास्थ्यकर्मी, डाक्टर, मेडिकल प्रतिनिधि र चिकित्सक लगायत कार्यक्रममा सहभागी छन् ।

घटना घटी अस्पताल आउनु पूर्व वातावरणको दृश्य मूल्यांकन गर्न बिरामीको प्रारम्भिक मूल्यांकन, जीवन जोखिम तथा आपतकालीन स्थितिमा उपयुक्त प्रारम्भिक कदमका साथै, रोगीको स्थानान्तरणमा उचित निगरानी उनीहरूको मेडिकल बेससँग राम्रो संचार कसरी गर्ने भनि कार्यक्रम आयोजित गरिएको थियो । यी चुनौतिहरूको सन्दर्भमा सम्बन्धित ज्ञान र कौशल बढाउने उद्देश्यको साथ यस सम्मेलन दुई दिनसम्म चल्नेछ ।

नासका अध्यक्ष तथा नेपाल एम्बुलेंस सेवाका संस्थापक राजभण्डारीले धेरै बिरामी र घाइतेहरू आकस्मिक उपचारको कमीले गर्दा र अस्पतालमा सुरक्षित यातायात जहाँ उनीहरूले निश्चित हेरविचार गर्छन्को कमीले गर्दा समयमै उपचारबाट बञ्चित रहेको बताएका छन् । साथै, उनले प्रशिक्षित कर्मचारीहरू र सुविधायुक्त एम्बुलेंसको कमीले धेरै व्यक्तिले ट्याक्सी वा चालक मात्र रहेको सामान्य एम्बुलेंस प्रयोग गर्न बाध्य छन् जसका कारण धेरै मानिसहरु सामान्य उपचार र हेरचाहको कमीले मुत्युसम्म पुग्ने बताए ।

त्यस्तै, नासको प्रमुख संस्थापक अध्यक्ष डा. राजेश गोङ्गलले, ‘हाम्रो देशमा इमरजेंसी मेडिकल सेवाको लागि सोच बनाइएको छैन । हामी स्वास्थ्य सेवाका साझेदारहरुले सरकारी संयन्त्रको सहयोगमा दीर्घकालीन दृष्टिकोणको सिर्जना गर्न संयूक्त काम गर्नुपर्छ । आशा गर्दछ कि यो सम्मेलनले हामीलाई त्यो दिशामा पुर्याउनेछ ।’

कार्यक्रममा राज्यमन्त्री आर्यलले सबै एम्बुलेन्सहरूको लागि केन्द्रीय संचार केन्द्र बनाउनको लागि स्वास्थ्य र नासका बीच साझेदारी गर्ने बारेमा आश्वासन दिएका छन् । उनले नासकै ईएमएस अवधारणाको नेतृत्व गर्नुपर्छ र नेपाल सरकारसँग हरेक नेपालीलाई पूर्व अस्पतालको सुरक्षा प्रदान गर्नका लागि काम गर्नु पर्ने बताएका छन् ।
पूर्व अस्पताल हेरचाह बिरामीले प्राप्त गर्ने आकस्मिक उपचार हो जुन सामान्यतया आपातकालीन मेडिकल टेक्नीसियन्स र प्यारामेडिक्सद्धारा अस्पताल पुग्न अघिको समयमा एम्बुलेन्समा गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.