मार्जिन कल सम्बन्धित नयाँ व्यवस्था आजदेखि लागु,२० प्रतिशतसम्म सेयर घटे पनि चिन्ता लिनु नपर्ने

  २०७५ साउन ३ गते १३:२०     विकासन्युज

काठमाडौं । सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सेयरको मूल्य अनुगमन गरी बढीमा ७ दिनभित्र निश्चित सीमाभित्र ल्याउन सुचित गरी मर्जिन कल गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गरी सुरक्षणमा राखेको सेयर मूल्य २० प्रतिशतसम्म घटेसम्म मार्जिन कल गर्न नपाइने व्यवस्था कार्यन्वयनमा ल्याएको हो । सुरक्षणमा राखिएको सेयरको मूल्य कुल कर्जा वक्यौता रकमको १.६ गुणा बढी भएको अवस्थामा पनि मार्जिन कल गर्नुनपर्ने राष्ट्र बैंकले जनाएको छ ।

गत असारसम्म सेयर मूल्य १० प्रतिशतसम्म घटेको अवस्थामा मार्जिन कल गर्नुनपर्ने व्यवस्था थियो । यस्तै १.५ गुणा बढी भएको अवस्थामा पनि मार्जिन कल गर्न नपाउने व्यवस्थामा थप गरिएको हो । बैंक तथा वित्तीय संस्थाले आफनो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म मात्र सेयरधितो कर्जा प्रवाह गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरुेको छ ।

यो नियम लागु हुनु भन्दा अघि प्रवाह भएको कर्जा सीमा आगामी पुस मसान्तभित्र सीमा भित्र ल्याइसक्नु पर्ने व्यवस्था गरिएको छ । यसअघि ४० प्रतिशतसम्म कर्जा प्रवाहको व्यवस्था थियो । गरी कर्जा प्रवाह गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.