भूकम्प प्रभावित विद्यार्थीहरुलाई छात्रवृत्तिकाे अवसर, ब्रिजवाटरले दिँदै छ प्रतिविद्यार्थी ५० हजार रुपैयाँ

  २०७५ असार २८ गते १९:०९     विकासन्युज

काठमाडौं । नेपालको ग्रामीण तथा भूकम्प प्रभावित क्षेत्रका माध्यमिक तहको परिक्षामा सहभागी भएका विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गर्ने अवसर आएको छ ।

ब्रिजवाटर इन्टरनेशनल कलेजले लायन्स क्लबइ न्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए२ र लायन्स क्लब अफ काठमाडौं सिटिजन्ससँग समझदारी पत्रमाहस्ताक्षर गरेको छ । समझदारी पत्रअनुसार कमजोर आर्थिक अवस्था भएका तथा पिछडिएका ग्रामीण क्षेत्रका विद्यार्थीहरु जो ग्रामीण तथा भूकम्प प्रभावित क्षेत्रबाट आएका छन्, उनीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिनेछ ।

यो समझदारी कोषको लागि नभए पनि अतिपिछडिएका तथा कमजोर आर्थिक अवस्था भएका विद्यार्थहरुका लागि आवश्यक पर्ने रकम उठाउन सहकार्य गरिने प्रतिबद्धता हो । यो आवश्यकतामा आधारित छात्रवृत्ति कार्यक्रम एसईई सहभागी भएका विद्यार्थीहरुको लागि हो । जसलाई वित्तिय सहयोग निकै आवश्यक रहेको देखिएको छ, ब्रिजवाटर इन्टरनेशनल कलेजका प्रिन्सिपल संदिप खनालले भने । ‘क्रिएटिङ न्यू डाइमेन्सन टू एजुकेशन’ भन्ने मुलनाराका साथ ब्रिजवाटर इन्टरनेशनल कलेज आफूले चाहेको क्षेत्रमा भविश्यकोर्न सहयोग पुर्याउने माध्यमको रुपमा रहेको छ ।

यो छात्रवृत्ति १०० जना अति पिडछिएका तथा कमजोर आर्थिक अवस्था भएका नेपाली विद्यार्थीहरुका लागि अवसरको रुपमा आएको छ जसले प्रतिविद्यार्थी ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.