सिटिजन्स बैंक र पानस रेमिटबीच रेमिटेन्स सम्झौता, रकम भुक्तानी गर्न सजिलाे

  २०७५ असार २७ गते १७:१५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पानस रेमिट प्रा. लि.बीच रेमिटेन्स सम्झौता भएको छ । बैंकले युरोप लगायत अन्य मुलुकबाट नेपालमा बैंकिङ्ग प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने उद्देश्यले उक्त रेमिटबीच सम्झौता गरेको हो ।

यस सम्झौता बमोजिम अब पानस रेमिट मार्फत युरोप, अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वी देशहरुबाट नेपालमा पठाएको विपे्रषण रकम नेपालीहरुले यस बैंकको जुनसुकै शाखाबाट सहज रुपमा भुक्तानी पाउन सक्नेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले तथा पानस रेमिटका प्रमुख कार्यकारी अधिकृत धर्मराज पौडेलले हस्ताक्षर गरेका छन् ।

हाल बैंकले ७४ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सम्पूर्ण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसै साता बैंकले प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा र अछामको ढकारीमा शाखा संचालन गर्ने योजना अगाडी सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.