कृषि विकास बैंकले २६२० कर्मचारीको जनही २ लाख दुर्घटना बीमा गरिदिने

  २०७५ असार ७ गते ९:१९     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले कर्मचारीलाई २ लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गरिदिने भएको छ । बैंकमा कार्यरत २ हजार ६२० जना कर्मचारीलाई जनही २ लाख रुपैयाँका दरले सामूहिक दुर्घटना बीमा गर्न लागेको हो ।

०७५ साउन १ देखि ०७६ असार ३१ सम्मका लागि २४ सै घण्टा जोखिम व्योहर्ने शर्तमा बैंकले बीमा कम्पनीसंग प्रस्ताव मागेको छ । बीमा कम्पनीसंग बीमा गराउने दर रेट मागेको छ । १५ दिनभित्र प्रस्ताव पेश गर्न बैंकले बीमा कम्पनीलाई भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.