आईएमई जनरल इन्स्योरेन्सले हकप्रद निष्कासन गर्न पायो अनुमति

  २०७५ असार ५ गते १९:४९     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मंगलबार ४३ करोड २० लाख रुपैयाँ बराबरको ४३ लाख २० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

हकप्रद निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ । चुक्तापुँजी बढाउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । छिट्टै हकप्रद सेयर निष्कासन गर्ने कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त वादे श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.