बुटवलमा टाटा मोटर्स कार मेला शुरु, आकर्षक अफरमा कार किन्न सकिने

  २०७५ जेठ ११ गते १७:२४     विकासन्युज

काठमाडौं । बुटवलको क्लव डी नोभोमा शुक्रबार(आज)देखि वार्षिक रुपमा आयोजना हुने टाटा मोटर्स कार मेला शुरु भएको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का लागि आधिकारिक वितरक सफल अटो इन्टरनेशनलको संयुक्त सहकार्यमा उक्त मेलाको आयोजना गरिएको हो ।

यस मेला जेठ ११ देखि १३ गते बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुनेछ । यस मेलामा ग्राहकहरुले विभिन्न आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्न सक्नेछन् ।

टाटा कार मेलाका मुख्य आकर्षणहरुका रुपमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र अन द स्पट फाइनान्स सुविधा, स्विमिङ्ग पुल, नेल आर्ट, फेस पेन्टिङ्ग, फोटोसुट, फुड स्टल लगायत विभिन्न साङ्गितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन् ।

साथै, मेलामा टाटा मोटर्सद्वारा नयाँ पुस्तालाई लक्षित गरी तयार गरिएको टाटा नेक्सन कारको प्रदर्शनी तथा टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जानकारी गराएको छ । मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.