मिर्मिरे माइक्रोफाइनान्सको सेयर कारोबार र मूल्य दुबैमा वृद्धि

  २०७५ जेठ ६ गते १५:५०     विकासन्युज

काठमाडौं । आइतबारको बजारमा सबैभन्दा बढी मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन २ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कम्पनीको सेयर कारोबारको साथै सेयर मूल्यमा पनि वृद्धि भएको छ । आईतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेको छ । सो दिन माइक्रोफाइनान्सको सेयर मूल्य प्रतिकित्ता ३१०२ रुपैयाँ रहेको छ ।

कम्पनीले हकप्रद दिने घोषणा गरेलगत्तै लगानीकर्ताहरु यस संस्थामा झुम्मिएका हुन् ।

त्यस्तै, प्रभु इन्स्योरेन्सको एक करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर र नेपाल बैंकको एक करोड बढीको सेयर कारोबार भएको छ ।
कुल १५९ कम्पनीको ३४ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा ७ लाख ६९ हजार ३०३ कित्ता सेयर किनबेच भएको छ ।

समग्रमा नेप्से परिसूचक ०.४६ अंकले घटेर १३३९.१९ अंकमा झरेको छ । बजारमा बीमा समूह १९ अंकले बढेको छ भने होटल समूह १९ अंकले ओरालो लागेको छ । त्यस्तै, सबैभन्दा बढी हिमालयन डिष्टिलरी लि.को सेयर मूल्य प्रतिकित्ता ३.५९ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.