कृषिमन्त्री चक्रपाणी खनालले भने– घाटामा चलेको संस्थालाई बचाउदिन

  २०७५ जेठ ४ गते १८:५९     विकासन्युज

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले घाटामा चलेको संस्थालाई नबचाउने उद्घोष गरेका छन् । बिहीबार दुध वितरण आयोजना (डिडिसी) विराटनगरको दुध उत्पादनको अनुगमन गर्ने क्रममा पत्रकारहरुसँगको भेटमा उनले घाटामा गएको संस्थालाई नबचाउने बताए ।

पत्रकारहरु सामु उनले भने,‘संस्था भित्र भ्रष्टाचार, अनियमितता र खरिदमा पारदर्शिता छैन भन्ने गुनासो आइरहेको छ,’ उनले भने ‘शुरुमा संस्थाहरुलाई राम्रोसँग अनुगमन गरिन्छ र अनियमितताका बावजुत घाटामा चलिरहेको छ भने बचाइ राख्न आवश्यक छैन ।’

सरकारले आगामी दुई वर्ष भित्र दुधमा आत्मनिर्भर हुने गरी कार्ययोजना बनाए पनि डीडीसीको उत्पादन त्यसअनुसार नरहेको उहाँको भनाइ छ । डीडीसी प्रविधिमा निक्कै पुरानो रहेको, व्यवस्थित हुन नसकेको भन्दै त्यसले अहिलेको मागलाई थेग्न नसक्ने उनले बताए । ‘जनताको जीवनस्तर जहाँ पुगेको छ, त्यसलाई हेर्दा धेरै सुधार गर्नु पर्ने देखिएको छ,’ मन्त्री खनालले भने ।

सँधै घाटामा सञ्चालन गर्ने भए बन्द गर्नु पर्ने नत्र आन्तरिक समस्या समाधान गरेर अघि बढ्नुको बिकल्प नरहेको उनको धारणा छ । मन्त्री खनालले प्रतिष्पर्धात्मक समयमा पनि आयोजना पुराना प्रविधिमा भर परिरहेको बताए । उनले आधुनिक र नयाँ प्रविधिसहित दुध उत्पादनलाई आत्मनिर्भर बनाउनेतर्फ मन्त्रालयले छलफल गरिरहेको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.