नविल ब्यालेन्स फण्ड १ खारेजीमा, बाँकी रहेका सेयर र ऋणपत्र स्वामित्व बोलकबोलबाट बिक्रीमा

  २०७५ जेठ ४ गते ९:२१     विकासन्युज

काठमाडौं । नविल बैंकले नविल ब्यालेन्स फण्ड १ को स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएको छ ।  नविल कोष प्रवद्र्धक र नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको सामुहिक लगानी कोष (म्युचअल फण्ड) को गत चैत २९ गते परिपक्व भएकाले खारजीमा लैजान लागेको हो ।

परिपक्व भएको ३ महिनाभित्र इकाइ स्वामित्व खारेजीमा लैजानुअघि नगदमा प्ररिणत गरी सेयरधनीलाई फिर्ता दिने भएको छ । स्वामित्व बिक्रीका लागि आइतबारदेखि जेठ १३ गतेसम्म बोलपत्र पेश गर्न नविल इन्भेष्टमेन्टले भनेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भएका सबै इकाइ बिक्री भएको छ ।

यस्तै लगानीमा रहेका ऋणपत्र र डिबेञ्चरको समय अझै केही वर्ष बाँकी रहेकाले ब्यालेन्स फण्ड खारेजीमा जानुअघि बोलकबोलबाट बिक्री गर्न लागेको हो । सेयरको मूल्य प्रतिकित्ता १०० र ऋणपत्र न्युनतम १ हजार रुपैयाँ तोकिएको छ ।

हालै घोषित बोनस सेयर तथा सुचिकरण हुन बाँकी हकप्रद सेयर रहेको, केही सेयरहरुको बजारमा स्वच्छ र पर्याप्त माग नदेखिएको र केहीको मूल्य निर्धारण प्रक्रिया पुरा भइनसकेको र केहीको मर्जर प्रक्रियामा रहेर कारोबार रोक्का भएकाले यी सेयरलाई बोलकबोलबाट बिक्री गर्न लागेको नविल इन्भेष्टमेन्टले जनाएको छ ।

बोलकबोलबाट बिक्री गरेपछि सुचिकरण र कारोबार योग्य भएपछि खरिदकर्ताको नाम धितोपत्र नियमावलीअनुसार नामसारी गर्ने शर्तमा बिक्री गर्न लागेको नविलले जानकारी दिएको छ ।

नबिल ब्यालेन्स फण्ड आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, मेगा बैंक, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, टुरिजम डेभलपमेन्ट बैंक, उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था, सेञ्चुरी कमर्शियल बैंक, डिप्रोक्स डेभलपमेन्ट बैंक, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, हिमालयन बैंक र मितेरी डेभलपमेन्ट बैंकमा लगानी रहेको छ ।

यस्तै नेको इन्स्याुेरेन्स कम्पनी लिमिटेड,नेपाल सेवा लघुवित्त वित्तीय संस्था, नेरुड लघुवित्त वित्तीय संस्था, निर्धन उत्थान विकास बैंक, एनएलजी इन्स्योरेन्स कम्पनी, ओम डेभलपमेन्ट बैंक, आरएसडीसी लघुवित्त वित्तीय संस्था, समता माइक्रोफाइनान्स वित्तीय संस्था, सामुदायिक लघुवित्त, साना किसान विकास बैंक, साइन रेसुङा डेभलपमेन्ट बैंक, सिद्धार्थ बैंक र सुर्योदय लघुवित्त वित्तीय संस्थामा लगानी रहेको नविलले जनाएको छ ।

यस्तै ब्यालेन्स फण्ड ग्लोबल बैंक, लक्ष्मी बैंक, बीओके डिबेञ्चरमा पनि लगानी रहेको छ । एसबीएल ऋणपत्र, एभरेष्ट बैंक ऋणपत्र र सिटिजन्स बैंकको ऋणपत्रमा पनि लगानी रहेको छ । यी ऋणपत्रको परिपक्व हुन समय अझै लाग्ने भएपछि पछि हस्तान्तरण हुने गरे इकाई बोलकबोलबाट बिक्री गर्न लागेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.