महालक्ष्मी विकास बैंकद्धारा बानेश्वरको रुद्रमती विद्यालयलाई सहयोग

  २०७५ जेठ ३ गते १७:०६     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको पुतलीसडक शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत बानेश्वरको रुद्रमती माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । बैंकले उक्त विद्यालयका विद्यार्थीहरुलाई ३५ हजार रुपैयाँ बराबरको कापी, कलम, र ब्याग उपलब्ध गराएको छ ।

यसैगरी, बैंकको सिमरा शाखाको आयोजनामा जितपुरस्थित सिमरा कलेजको भवनमा महालक्ष्मी छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सिमरा कलेजका गरिब तथा जेहेन्दार १ छात्र तथा १ छात्रालाई यो शैक्षिक सत्रको लागि छात्रवृत्ति स्वरुप २५ हजार रुपैयाँ वितरण गरेको बैंकले जनाएको छ ।

बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.