काठमाडौं महानगरपालिका भित्र निजी स्कुल सञ्चालनमा रोक, गुठीमा जानै पर्ने

  २०७५ वैशाख २७ गते ११:५४     राजाराम न्याैपाने

काठमाडौं । काठमाडौ महानगरपालिकाले कम्पनी मोडेलमा नयाँ बोडिङ स्कूल खोल्न रोक लगाएको छ । महानगरले गुठी अन्तर्गत मात्र बोर्डिङ स्कूल खोल्न पाइने नयाँ व्यवस्था गरेको छ ।

कम्पनी मोडेलमा खुलेका बोर्डिङ स्कूलले चर्को शुल्क लिएपछि सबै निजी विद्यालयललाई गुठी मार्फत मात्र सञ्चालन गर्न लागेको महानगरपालिकाले जनाएको छ ।

कम्पनीमार्फ संञ्चालन भएका विद्यालयहरुलाई पनि गुठीमा ल्याउने प्रक्रिया अगाडि बढिरहेको छ ।

महानगरमा ९४ वटा समुदायिक विद्यालय र ६५० निजी विद्यालय सञ्चालन हुँदै आएका छन् । जसमा १ लाख ६५ हजार विद्यार्थी अध्ययनरत छन् । नयाँ संविधानले स्थानीय तहलाई दिइएको अधिकार अनुरुप महानगरपालिकाले आफनो क्षेत्रभित्रका सबै विद्यालय सञ्चालनको जिम्मा पाएको छ ।

चालू आर्थिक वर्षमा एक दर्जन नयाँ बोर्डिङ स्कूल खोल्नका लागि आवेदन परेको छ । उनीहरू गुठी मोडलमा मात्र सञ्चालन गर्न पाउने भएका छन् ।  नयाँ विद्यालयका विषयमा अध्ययन गरिरहेको महानगरका शिक्षा विभाग प्रमुख प्रह्लाद अर्यालले जानकारी दिए ।

जिरो प्लस्टुलाई पनि गुठीमा नै आएमात्र समन्धन दिने तयारी भैरहेको छ । अब विद्यालयहरुमा २५ प्रतिशत स्थानीय संस्कृतिका बारेमा पढाउनु पर्ने भएको छ । यसका लागि पाठ्यक्रम भने तयार भएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.