सांग्रिला डेभलपमेन्ट बैंकले ११.८० प्रतिशत लाभांश दिने

  २०७५ वैशाख ११ गते १३:३८     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११.८० प्रतिशत लाभांश दिने भएको छ । बैंकले आफ्ना सेयरधनीलाई गत वर्षको मुनाफाबाट र ८० प्रतिशत हकप्रद सेयर पश्चात कायम भएको पुँजीबाट सो मात्राको लाभांश दिन लागेको हो ।

८० प्रतिशत हकप्रद पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ४४ करोड रुपैयाँ पुगेको थियो । कम्पनीले उक्त पुँजीको २.५० प्रतिशत अर्थात ६ करोड ११ लाख रुपैयाँ बोनस सेयर वितरण गर्न लागेको हो । साथै, ९.३० प्रतिशत(अर्थात २२ करोड ७४ लाख रुपैयाँ बराबरको) नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ ।

कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.