एनएमबि माइक्रोफाइनान्सको वित्तीय साक्षरता तालिम सम्पन्न

  २०७५ वैशाख ६ गते १४:०८     विकासन्युज

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले समुदाय स्तरमा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । संस्थाले दुर्गम क्षेत्रका बित्तीय पहँचबाट टाढा रहेका समुदायहरुमा वित्तीय पहुँच अभिबृद्धि गराउने उद्देश्यले उक्त तालिमको आयोजना गरेको थियो ।

वित्तीय संस्थाले सुर्खेतको जहरे शाखा, दाङ्गको गढवा शाखा, रसुवाको धुन्चे एबम्बेत्रावती शाखा र धादिङ्गको कुम्पुर शाखा मार्फत समुदायका अभिभावक, समाजसेवी, बुद्धिजिवी, शिक्षक, महिला तथा युवा वर्गलाई सहभागी गराई बित्तीय साक्षरता तालिम प्रदान गरिसकेको छ ।

एक दिने उक्त वित्तीय साक्षरता तालिमले समुदायमा वित्तिय पहुँच विस्तार गर्ने र आर्थिक एबम् सामाजिक रुपमा सबलीकरण गरी उद्दमशिलता तथा आय आर्जन गर्नका लागि प्रेरित गरिएको छ । समुदाय स्तरिय वित्तीय साक्षरता अभियानले दुर्गम तथा ग्रामिण क्षेत्रका मानिसमा आम्दानी र खर्चको लेखाजोखा, बचत गर्ने तरिका, बचतको महत्व, कर्जाको आवश्यकता तथा सदुपयोगिता, पारिवारिक बजेट, बिमा तथा सन्देश मुलक भिडियो प्रस्तुतिकरण गरियो ।

वित्तीय साक्षरता तालिम पाँच वटा शाखा कार्यालयका मार्फत ३५० जनाको सहभागिता रहेको थियो । साथै एनएमबि माइक्रोफाइनान्सले सिपबिकास, लघुउद्दमशिलता र वित्तीय साक्षरता तालिम सक्षम परियोजनाको सहकार्यमा अभियानको रुपमा समुदायको पछाडी परेका वर्गमा तालिम प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.