घरैमा बसेर ७४० विद्यार्थीले खुला विश्वविद्यालयमा डिग्री पढन पाउने

  २०७५ वैशाख ६ गते १४:०१     राजाराम न्याैपाने

काठमाडौं । खुला विश्वविद्यालयमा स्नातकोत्तर र एमफीलसम्मको अध्ययन गर्न ७४० विद्यार्थीले आवेदन दिएका छन् । धेरै विद्यार्थीबाट समय थप गर्न अनुरोध आएपछि विश्वविद्यालयले फारम बुझाउने मिति थप गरेर अन्तिम दिन वैशाख ५ गतेसम्म तोकेको थियो ।

निर्धारित समयसम्म ७४० विद्यार्थीले भर्ना हुन आवेदन दिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा लेखनाथ शर्माले बताए ।विश्वविद्यालयले चैत २१ गतेसम्म फारम बुझाउने अन्तिम दिन तोके पनि विद्यार्थीको चासो धेरै बढेपछि अन्तिम म्याद थप गरिएको थियो ।

खुला विश्विद्यालय पहिलो पटक सञ्चालनमा आएकाले धेरै विद्यार्थीले भर्ना हुन इच्छा देखाएपछि म्याद थपिएको उनले जानकारी दिए । विश्वविद्यालयले घरमै बसेर अनलाइनमार्फत स्नातकोत्तर र एमफीलसम्मको अध्ययन गर्न भर्ना खुलाएको हो ।

खुला विश्वविद्यालयले पाँचवटा विषयमा भर्ना खुलाएको थियो । एमफील इन आईसीटी एन्ड मास्टर्स इन ई–गर्भनेन्स, एमफील इन सोसल साइन्स, एमफील इन एजुकेसन प्रोग्राम, डिप्लोमा इन लाइबे्ररी एन्ड इन्फरमेसन म्यानेजमेन्ट र पोस्ट ग्राजुयट डिप्लोमा इन डिस्ट्यान्स एन्ड ई–लर्निङमा फारमका भरेका छन् । भर्ना फारमका लागि विश्वविद्यालयले १ हजार रुपैयाँ दस्तुर लिएको थियो ।

यस्तै पोस्टग्राजुयट डिप्लोमा इन डिस्ट्यान्स एन्ड ई लर्निङ र डिप्लोमा इन लाइब्रेअरी एन्ड इन्फरमेशन म्यानेजमेन्टको एक वर्षे र विज्ञान संकयातर्फ आईसीटीमा एमफील र मास्टर्स इन ई गभरनेन्स दुई वर्षिय लागि भर्न खुला गरेको थियो ।

उनकाअनुसार विश्वविद्यालयले वैशाख १५ गते प्रवेश परीक्षा लिने कार्यतालिका तय गरेको छ । प्रवेश परीक्षा केन्द्र पाटन संयुक्त क्याम्पसमा हुने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले शैक्षिक शत्र ०७४/०७५ का लागि सेमेष्टर प्रणालीमा स्नातकोत्तर र मास्टर्स इन फिलोसफी (एमफील) सम्म कलेज नगइ अध्ययन गर्न सकिने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.