‘जनता रेमीट’को सुपर एजेन्टमा जीएमई रेमिट नियुक्त

  २०७५ वैशाख ६ गते १३:१८     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले आफ्नो ‘जनता रेमीट’ को सुपर एजेन्ट भई कार्य गर्न जीएमई रेमिट प्रालिलाई नियुक्त गरेको छ । उक्त सुपर एजेन्ट सम्बन्धि सम्झौतामा जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परसुरामकुँवर क्षेत्रीे र जिएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम ‘जनता रेमिट’ मार्फत पठाएको रकम जीएमई रेमिटले आफ्नो एजेन्ट र शाखाहरु मार्फत भुक्तानी गर्नेछ भने जीएमई रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नेछ ।

रेमिट्यान्स भुक्तानीको लागि जिएमई रेमिटको देशभरी ६ हजार भन्दा बढी सब-ऐजेन्टहरु रहेका छन् भने जनता बैंकले १०८ शाखा तथा ३३ शाखा रहित बैंकिङ्ग मार्फत रेमिट्यान्स सेवा प्रवाह गरिरहेको छ ।

हाल जीएमई रेमिट्यान्सले खाडि मुलूकहरू, हङ्गकङ्ग, मलेसिया, दक्षिण कोरिया, जापान लगाएतका देशहरुबाट रमिट्यान्स कारोवार गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.