अपडेटः नेप्से परिसूचक ३४ अंकले बढ्यो, बीमा समूहले उचाल्यो बजार

  २०७५ वैशाख ४ गते १३:२८     विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजार खुलेदेखि नै निरन्तर बढीरहेको छ । बजार खुलेको करिब साढे २ घण्टामै नेप्से परिसूचक ३४ अंकले उकालो लागेर १३३२ अंकमा पुगेको छ ।

आजको बजारलाई बीमा समूहले उचालेको छ । दिउँसो १ बजेर २३ मिनेट जाँदा बीमा समूह उच्च अंकले उकालो लागेको छ । सो अवधिसम्म यस समूहको परिसूचक ३३६ अंकले उकालो लागेको छ । त्यस्तै, ट्रडिङ समूह बाहेक कारोबारमा आएका सबै समूह उकालो लागेका छन् ।

मंगलबारको बजारमा करेक्सन देखिएको छ । सो अवधिसम्म बजारमा १० भन्दा बढी कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.