सेयर बजार दोहोरो अंकले उकालो, ६ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

  २०७५ वैशाख ३ गते १५:२५     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । बजार खुलेदेखि नै बढ्ने क्रममा रहेको सो दिनको परिसूचक बजार बन्द हुँदा १७.४२ अंकले उकालो लागेर १२९७ अंकमा पुगेको छ ।

बजारमा परिसूचकका साथै सेयर कारोबारमा पनि वृद्धि भएको छ । बजारमा दिनभर १६७ कम्पनीको ५७ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

दोहोरो अंकले बढेको बजारमा विभिन्न ६ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी प्रुडेन्सियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् ।

त्यस्तै, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स कम्पनी, यूनाईटेड इन्स्योरेन्स कम्पनी एसियन लाइफ इन्स्योरेन्स कम्पनी र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत बढीले उकालो लागेको छ ।

त्यसैगरी, बीमा समूह २९३ अंकले बढेको छ । त्यस्तै, अन्य र बैंकिङ समूह बाहेक बाँकी समूहको सूचक दोहोरो अंकले उकालो लागेका छन् । बैंकिङ समूह ४.२८ अंकले बढेको छ भने अन्य समूह १.२१ अंकले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.