बैंक आक्रमक हुँदा निक्षेप भन्दा १०८ अर्ब बढी कर्जा लगानी

  २०७४ चैत ४ गते १८:१६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन भन्दा १०८ अर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका छन् । चालु आवको माघसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ५६ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा निक्षेप ११.८ र कर्जा लगानी १६.७ प्रतिशत बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । निक्षेप भन्दा बढी कर्जा लगानी गरेपछि बैंकको प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७९ प्रतिशत हारहारीमा पुगेको छ । सीसीडको डिलमा पुगेपछि अधिकाँश बैंक लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

गत माघसम्म बैंक तथा वित्तीय संस्थाले २५ खर्ब २३ अर्ब २६ करोड रुपैयाँ निक्षेप परिचालन गरेका छन् । समीक्षा अवधिमा बैंकको कर्जा लगानी २२ खर्ब ४३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । गत माघमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.२, ३६.६ र ४३.९ प्रतिशत रहेको छ ।  संस्थागत निक्षेपको अंश ४४ प्रतिशत छ ।

निजी क्षेत्रतर्प प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकको १३.२, विकास बैंकको १८.८ र वित्त कम्पनीको ४.८ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६१.५ कर्जा घर जग्गाको धितोमा र १४.६ प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ६१.८ प्रतिशत अर्थात ३९ अर्ब ८६ करोड वृद्धि भई १ खर्ब ४ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । यस्तै हायर पर्चेज कर्जा ८.४ तथा ओभरड्राफ्ट कर्जा १०.९ प्रतिशत बढेको छ । रियल स्टेट व्यक्तिगत आवासीय घर कर्जा समेत १०.७ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ ।

उत्पादनशील क्षेत्रतर्प लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउ सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । माघसम्म बढेर ११ अर्ब ८४ करोड रुपैयाँ पुनरकर्जा लगानी भएको छ ।  भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरूलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७४ माघ मसान्तमा १ अर्ब २७ करोड ९१ लाख रुपैयाँ उपयोग भएको छ ।

सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ६ हजार २०३ जनाले उपयोग गरेका छन् । यस अन्तर्गत ६ अर्ब ९१ करोड कर्जा बक्यौता रहेको छ । ३३ करोड ७३ लाख ब्याज अनुदान प्रदान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.