विभिन्न कार्यत्रम गर्दै सम्पन्न गर्याे एनएमबि माइक्रोफाइनान्सले वार्षिककोत्सब

  २०७४ चैत १ गते १९:४८     विकासन्युज

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड स्थापनाको पाँचौं वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा वित्तीय संस्थाको केन्द्रीय कार्यालय र हाल सञ्चालनमा रहेका ७५ वटा शाखा कार्यालयहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत खुला रक्तदान, वृद्ध वृद्धाहरुलाई फलफुल वितरण लगायतका समाजिक उत्तरदायित्वको कार्य गरेको जनाएको छ । उक्त कार्यक्रम गर्दै फाइनान्सले बिहीवार वार्षिककोउत्सव मनाएको हो ।


वार्षिकोत्सव मनाउने क्रममा फाइनान्सले विहान पोखराको लेकसाइडस्थित केदारेश्वर मन्दिर परिषरमा सरसफाई गरी कार्यक्रमको शुरुवात गरेको जनाएको छ । सोबाहेक रक्तदान लगायतका कार्यक्रम गरेको संस्थाको भनाइ छ ।

संस्थाले समय–समयमा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा यस्ता सामाजिक कार्यहरु गर्दै आएको जनाएको छ ।

२०६९ चैत्र महिनाबाट विधिवत रुपमा कार्यक्रमको शुरुवात गरेको वित्तीय संस्थाले स्थापनाको पाँचौं वर्षको अवधीमा देशका ४५ वटाजिल्लाहरुमा ७५ वटा शाखा कार्यालयहरु स्थापना गरेको जनाएको छ ।

त्यस्तै करिब ८० हजार जना सदस्य विस्तार गरी ४४ हजार जनालाई रू. २ अर्ब १५ करोड कर्जा लगानी गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.