बजाजको ‘बजाज युगारम्भ’ योजना सार्वजनिक, नयाँ युगलाई स्वागत गर्ने उद्देश्य

  २०७४ चैत १ गते १८:०५     विकासन्युज

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ वर्ष २०७५ को अवसरमा बजाजको ‘बजाज युगारम्भ’ योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘नयाँ नेपालको नयाँ शुभारम्भ’ नारा सहित यस योजना शुरु गरेको हो ।

नेपालले अब विकासको बाटो समाउने तर्रखर गरिरहेकाले अब आउँदै गरेको नयाँ वर्ष नेपाली नागरिकको लागि निकै महत्वपूर्ण हुने हुँदा कम्पनीले यस योजना सार्वजनिक गरेको हो । यस योजनाले विकासको युग आरम्भ भएको संदेश युवाहरुमा प्रवाह गर्ने कम्पनीले जनाएको छ । यसले देशको विकासप्रति युवाहरुलाई जागरित गराउने र अग्रसर हुन प्रेरित गर्ने छ । यस योजनाले नयाँ कामको सुरुवात गर्दै नयाँ नेपाल निर्माणमा सहयोगी बन्न सक्ने छ ।

यो अभियानका विशेषताहरुमा ‘रु.७५०० स्योर सट अफर’ स्कीम अन्तर्गत कुनैपनि बजाजका बाइकहरु खरिदमा हरेकले तत्काल ७५०० रुपैयाँ नगद छुट पाउनेछन् । साथै हरेक खरिदकर्तालाई हरेक दिन हुने लक्की ड्रमा समाबेस गराइने छ । जहाँ भाग्यशाली ग्राहकले ७५ हजार रुपैयाँ हरेक दिन जित्न सक्ने छन् ।

यो योजना शुभारम्भ गर्दै कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने ‘नयाँ बर्षको अबसरसँगै देश निर्माण र विकासले गतिलिने हामीले विस्वास लिएका छौं । त्यसैले सबै युवाको मन र मस्तिष्कमा नयाँ युगको आरम्भ भएको संदेश पुर्याउन हामीले ‘बजाज युगारम्भ’ योजना सार्वजनिक गरेका हौं । नयाँ वर्षको उपहार योजनामा नयाँ युगलाई स्वागत गर्ने उद्देश्य र नयाँ नेपाल बनाउन युवाहरुको योगदानको उतिकै महत्व छ भन्ने सन्देश दिन हामीले यो योजना सार्वजनिक गरेका हौं ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.