ललितपुरको बागडोलमा टाटा मोटर्सले खोल्यो नयाँ सर्भिस सेन्टर

  २०७४ फागुन १० गते ५:२९     विकासन्युज

काठमाडौं । टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकवर्गसँग अझ बढि नजिकिने प्रयासको रुपमा २५औं सर्भिस सेन्टर ललितपुरको बागडोलमा स्थापना गरेको छ ।


बागडोलमा अवस्थित नयाँ सर्भिस सेन्टरबाट ग्राहकले हप्तामा ६ दिन बिहान ७ बजे देखि साँझ साढे ५ बजेसम्म सेवा प्राप्त गर्न सक्नेछ । कम्पनीको अनुसार उक्त सर्भिस सेन्टर ७ हजार ७५० वर्ग फिट क्षेत्रफलमा फैलिएको छ । ग्राहक वर्गको आवश्यकता अनुसार सर्भिस सेन्टरबाट सुक्ष्म रुपमा बिक्रीपछिको सेवा पूर्ण रुपले उपलब्ध गराइनेछ ।

उक्त सर्भिस सेन्टर उद्घाटनको सन्दर्भमा टाटा मोटर्सका ग्राहक सेवा प्रमुख सचिन सहानीले गाडीको व्यापारमा सेवा एकदमै महत्वपूर्ण तथा शक्तिशाली हुने बताए । ‘त्यसलाई ध्यानमा गरेर हामीले कम्पनीलेप्रदान गर्दै आएको उत्कृष्ट सेवाले नेपाली ग्राहकवर्गको मन जित्न सफल भएका छौं,’ उनले भने ‘ हाम्रो ब्राण्डलाई विश्वास गरिदिनु भएकोमा ग्राहकवर्ग तथा हाम्रो सहकर्मी सिप्रदी टे«डिङ प्रालिप्रति आभार प्रकट गर्न चाहन्छौंं ।’ ग्राहकवर्गको रोजाई र नयाँ सेवा सुविधासहित बिक्रीपछिको सेवालाई महत्व दिएको कारणले बढ्दो उत्पादनले उत्कृष्टताको साथै जोखिम कम गर्न सहयोग पुगेको उनको भनाइ छ ।

सोही समारोहमा बोल्दै सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सम्मानित ब्राण्ड टाटा मोटर्ससँग हातमा हात मिलाएर अघि बढ्न पाएकोमा खुसी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.