लगानीकर्ताको विश्वास गुम्दा सेयर बजार ११ अंक घट्यो

  २०७४ फागुन ६ गते १५:१७     विकासन्युज

काठमाडौं । आइतबार नाटकीय रुपमा सेयर बजार घटेको छ । कारोबार सुरु भएपछि लगातार सेयर बजार २० अकंले बढेकोमा पछि ओरालो लागेर नेप्से परिसुचक १ हजार ४१३ अंकमा झरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त भएको दिन बिहीबार ३६ अंक बढेको बजार सेयर बजार आइतबारको सुरुवातीमा शुभ संकेत देखिएको थियो । सुरुमा बढेपनि पछि बजार घट्यो । लगानीकर्तामा आत्मविश्वास नबढ्दा वृद्धीले निरन्तरता नपाएको लगानीकर्ताको भनाई छ । लगातार बढेको सेयर बजार आईतबार ११ अंकले घट्यो । बजारमा अझै लगानीकर्ताको विश्वास बढ्न नसक्दा घटेको एक ब्रोकरले बताए । बिहीबार एकाएक बढेको बजार आइतबार घट्नु भनेको लगानीकर्ताको विश्वास नबढेको हो ती ब्रोकरले भने । आइतबार उत्पादनमुलक बाहेक सबै क्षेत्रको मूल्य घटेर राताम्य भएको छ । आइतबार ५९ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.