नेशनल माइक्रोफाइनान्सको सीईओमा रामबहादूर यादव पूनः नियुक्त

  २०७४ फागुन ३ गते १८:५२     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रमूख कार्यकारी अधिकृत(सीईओ)मा रामबहादूर यादव पूनः नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले यादवलाई पूनः अर्को कार्यकाल चार बर्षको लागी सीईओमा नियुक्त गरेको हो ।

लघुवित्त संस्थाहरु मध्ये सानो समयमा अबल संस्थाको रुपमा पहिचान बनाउन सफल यस संस्थाले ३ बर्ष भित्रमा सर्वसाधारणमा शेयर जारी गरी ३५ प्रतिशत लाभांस वितरण गर्न सफल भएको छ ।

हाल संस्थाको कर्जा करिव २ अर्ब र बचत ५५ करोड रुपैयाँ रहेको छ । संस्था यस आ.व.को माघ मसान्तसम्ममा ७ करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ ।

यस संस्थाले हालसम्म ४० वटा शाखा कार्यालयहरु मार्फत ३२ जिल्लाको ५५ हजार भन्दा बढी विपन्न परिवारलाई सेवा पूर्याउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.