कलंकीको नेसनल अस्पतालको सबै सेवा बन्द गर्न विभागको आदेश

  २०७४ माघ २३ गते १४:५८     विकासन्युज

काठमाडौं। काठमाडौं स्थित कलंकीमा रहेको नेपाल नेसनल अस्पताललाई आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले ७ दिनभित्र अस्पतालको सबै सेवा बन्द गर्न आदेश दिएको छ ।

अस्पतालको प्ररम्भीक अनुसन्धानबाट उक्त अस्पतालले सम्बद्ध निकायबाट अनुमती नलिई सेवा सञ्चालन गरेको पाएपछि विभागले सेवा बन्द गर्न निर्देशन दिएको हो । विभागले पुस १८ गते सो अस्पतालको अनुगमन गरेको थियो ।

विभागका शाखा अधिकृत रामकृष्ण श्रेष्ठले अस्पतालले आवश्यक अनुमति नलिइ सेवा सञ्चालन गरेको देखिएको जनाए ।

त्यसैले उपभोक्ता संरक्षण ऐन, स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धि निर्देशिका लगायत बमोजिम ७ दिनभित्र अस्पतालको सबै सेवा बन्द गरी विभागलाई जानकारी अराउन आदेश दिइएको उनको भनाइ छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.