सिभिल अपार्टमेन्टलाई होटलमा रुपान्तरण गर्ने

  २०७४ माघ ८ गते १५:३५     खेमराज श्रेष्ठ

 

काठमाडौं । राजधानीको सुन्धारामा रहेको सिभिल अपार्टमेन्टस् अब सिभिल होटल बन्ने भएको छ । सिभिल ग्रुपले काठमाडौं महानगरपालिका वडा नम्बर ११ मा रहेको सिभिल अपार्टमेन्टस्लाई सिभिल होटलमा रुपान्तरण गर्न लागेको हो ।

होटलको कुल क्षेत्रफल ३ हजार ५१ वर्ग मिटर रहेको छ । यस होटलमा अत्याआधुनिक सेवा सुविधा सहितका ३२३ वटा कोठा हुनेछन् । ती मध्ये ७७ वटा सुपर डिलक्स हुनेछन् भने १४६ वटा डिलक्स कोठा हुने सिभिलले जनाएको छ ।

त्यसैगरी होटलमा बार तथा रेस्टुरेन्ट सहित स्विमिङ्ग पुल, जिम, स्पा, हेल्थ क्लब, स्काई लाउन्ज÷रुफ टप बार, बगैंचा, बाहिरी समारोह स्थान लगायतको सेवा सुविधाहरु रहनेछन् । होटलको अन्य सुविधाहरुमा ८८५ जना क्षमताको ब्याङ्केट हुनेछ । फोहोर पानीको प्रशोधन, फोहोर मैला व्यवस्थापन जस्ता प्रदुषण न्यूनिकरण संयन्त्रहरु पनि राखिने भएका छन् ।

सिभिलले होटल निर्माणमा पार्ने वातावरणीय प्रभावको मूल्याकनका लागि सुचना प्रकाशित गरेको छ । होटल निर्माण गर्नुपुर्व वातावरण संरक्षण नियमावली २०५४ को दफा ४ को नियम ३ को अनुसूची २ को पर्यटन क्षेत्रको बुँदा (१) आकर्षित भएकोले सोही अनुसार वातावरणीय प्रभाव मुल्याङ्कनको लागी सूचना प्रकासित गरिएको होटल प्रालीले जनाएको छ । प्रालीले सूचना प्रकाशित भएको १५ दिनभित्र प्रस्तावकको ठेगानामा आइपुग्ने गरी लिखत राय तथा सुझावहरु पठाउन सकिने समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.