क्राउन हिमालयजको नयाँ वर्ष योजना, ३५०० सय मै डिलक्स रुम र ब्रेकफास्ट

  २०७४ पुष ४ गते ९:३१     विकासन्युज

काठमाडौं । होटल क्राउन हिमालयज पोखराले नयाँ वर्ष र क्रिसमसलाई केन्द्रीत गर्दै विभिन्न पाहुनालाई विभिन्न आकर्षक योजना ल्याएको छ ।

होटलले ४ हजार ५ सय रुपैयाँको डिलक्स रुम्लाई ३ हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने र विहानीको ब्रेकफास्ट पनि दिने योजना ल्याएको हो ।

होटलमा जाने पर्यटकलाई पोखराका पर्यटकीय स्थलको अवलोकन पनि गराउने योजना ल्याएको हो ।

होटलका कार्यकारी निर्देशक आग्रह अर्यालका अनुसार पोखराको फेवाताल, सारङ्कोट, बेगनासताललगायत विभिन्न ठाउँको अवलोकन समेत गराउने बताए । तर, पर्यटकले त्यसका लागि थप पैसा तिर्नुपर्ने छ ।

धेरैजसो विदेशी तथा स्वदेशी पर्यटक नयाँ वर्ष तथा क्रिसमस नयाँ नयाँ ठाउँ घुम्न आउने भएकाले होटलले यस्तो प्याकेज ल्याएको हो । पोखरा आउने पर्यटकलाई दुइ देखि तीन दिनसम्म राख्नका लागि नयाँ नयाँ गन्तव्यमा घुमाउन लैजाने योजना बनाएको छ । ‘पोखरा आउने पर्यटक कम्तिमा पनि दुईदेखि तीनदिनसम्म बस्न सकुन भन्ने हो,’ उनले भने, ।

होटलले विदेशी भन्दा पनि स्वदेशी पर्यटकलाई केन्द्रमा राखेर यस्तो योजना ल्याएको हो । ‘अहिले पोखरामा विदेशीको तुलनामा स्वदेशी पर्यटकको सङ्ख्या बढ्को छ,’ उनले भने, ‘स्वदेशी पर्यटकलाई आकर्षित गर्न हामीले यस्तो योजना ल्याएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.