भूकम्प पीडितका लागि सल्भ नेपालले बनायो १२० वटा घर

  २०७४ पुष ३ गते १९:०२     विकासन्युज

ललितपूर । विनाशकारी भूकम्प गएको झन्डै तीन वर्षपछि भूकम्पपीडितको पुनर्वासका लागि सल्भ नेपाल नामक गैरसरकारी संस्थाको पहलमा ललितपूरको वाग्मती गाँउपालिकास्थित घुसेल गाँउका १२० घरधुरीका भूकम्पपीडितहरु लाभान्वित भएका छन् ।

अहिलेसम्म आवास, जीविकोपार्जन र खानेपानी, सरसफाइ तथा स्वच्छता जस्ता महत्त्वपूर्ण आवश्यकताहरू पूरा गर्न सल्भ नेपालको नेपाल भूकम्प पुनर्लाभ, पुननिर्माण तथा उत्थानशीलता एनपिएल १६१ (थ्री आर) परियोजना नेपाल भूकम्प पुनर्लाभ कार्यक्रम भूकम्पबाट अतिप्रभावित क्षेत्र अन्तर्गत घुसेल वडा नम्बर १मा जारी छ । यसका लागि सल्भ नेपालले साझेदारी निर्माण, साझा जवाफदेहिता प्रवर्द्धन र स्थानीय क्षमता तथा सामुदायिक सहभागिता अभिवृद्धि गरेको छ ।

“विभिन्न चुनौतीहरूका बावजुद  भूकम्पबाट प्रभावित मानिसहरूको जीवनमा हामीले उल्लेख्य प्रभाव पार्न सकेको हाम्रो तथ्यांकले देखाएको छ । भौगोलिक अवस्था, लाभान्वित छनौट प्रक्रिया र बृहत् आवश्यकताका कारण यो कार्य सहज थिएन । भूकम्पबाट प्रभावित व्यक्तिहरूलाई पुनः सामान्य अवस्थामा फर्काउन हामीलाई समुदायले गरेको व्यापक सहयोग र स्वीकारप्रति हामी कृतज्ञ छौं । अहिले हामी समुदायलाई उनीहरूको पुनर्लाभको स्वामित्व उनीहरूलाई नै दिने अवसरहरू प्रदान गर्ने र भविष्यमा आउनसक्ने विपद्को सामना गर्नसक्ने क्षमता अभिवृद्धि गर्ने दिशामा केन्द्रित छौँ,” सल्भ नेपालका जिल्ला कार्यक्रम अधिकृत प्रभात राउतले भने ।

भूकम्प तथा त्यसपछिका पराकम्पहरुबाट शारीरिक तथा मानसिक तवरले भयवित तथा विछिप्त भएका जनसमुदायहरुलाई लक्षित गरि मनोसामाजिक तथा सचेतना कार्यक्रम पनि पुरा गरेको छ । सो कार्यक्रमबाट १ सय २० जना मानिसहरु लाभान्वित भएको राउतले जानकारी दिए ।

भूकम्प गएलगत्तै यो संस्थाले विपद्को पूर्वतयारी, स्वास्थ्य, पोषण, शिक्षा, खानेपानी, सरसफाइ, आवास, बालसंरक्षण र जीविकोपार्जनका क्षेत्रसँग सम्बन्धित विभिन्न सामग्रीहरू प्रदान गर्‍यो, सेवाहरूमा पहुँच सुनिश्चित, नगद सहयोग, तालिम उपलब्ध गरायो र भौतिक पूर्वाधारहरूको निर्माण गर्‍यो ।

यही डिसेम्बरसम्ममा पुनर्निमाण कार्य सम्पन्न गरेर लाभग्राहीलाई घर हस्तान्तरण गर्ने लक्ष्य रहेको राउतले जानकारी दिए ।

प्रतिकार्यको अन्तिम चरणमा अहिले यस गैर सरकारी संस्थाले विस्तारित तथा सुदृढ जीविकोपार्जन, खानेपानी तथा सरसफाइ र आवासका क्षेत्रमा कार्यक्रमहरू केन्द्रित गरेको छ । हालसम्म सल्भ नेपालले नेपाल भूकम्प पुनर्लाभको लागि पुनर्निर्माण प्रधिकारणले भुकम्प अति प्रभावित जिल्लाहरुमा घर निर्माणको लागी दिइने भनेको ३ लाख  सहयोग अनुसार नै उक्त संस्थाले पनि घर निर्माणको ३ लाख रुपैयाँ प्रदान गरेको जनाएको छ ।

घर निर्माणको लागी सुरुमा ५० हजार रुपैंया जग राखिसकपछि एक लाख ५० हजार रुपैंया र अन्तिम चरणमा १ लाख रुपैंया प्रदान गरेको जनाएको छ । बाग्मति गाउँपालिका वडा नं १ को  १ सय २० घर निर्माणको लागी उक्त संस्थाले ३ करोड ६० लाख रुपैंया खर्च गरिसकको जनाएको छ । उक्त संस्थाले घर निर्माणको लागी दिएको सहयोग बाहेक प्राविधिक तालिम, सरसफइअभियान तथा मनोसामाजिक सहायता सचेतिकरण तालिम समेत दिएको जनाएको छ ।

यस संस्थाले राष्ट्रियपुनर्निर्माण प्राधिकरणको कार्यविधि अनुसार उक्त संस्थाले घर निर्माण गरेको राउतले बताए । उनका अनुसार हरेक लाभग्राहीलाई स्थायी आवास निर्माण गर्ने प्रयोजनले प्राविधिक सहयोग सुझाव तथा अनुगमन गर्ने र निर्माणाधिन भवनको प्रगतीअनुसार पहिलो, दोस्रो तथा तेस्रो किस्ता गरी तीन लाख दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.