शक्तिशाली सामुन्द्रिक आधीले नेपालमा हिमपातको खतरा बढ्यो, ३ दिनका लागि ‘अलर्ट’ जारी

  २०७४ मंसिर १९ गते १८:१७     विकासन्युज

काठमाडौं । देशका हिमाली भूभागमा हिमपातको सम्भावना देखिएको छ । दक्षिणपूर्वी अरब सागरमा आएको शक्तिशाली सामुन्द्रिक आधी (चक्रवात)को प्रभावले नेपालमा हिमपातको सम्भावना बढेको मौसम विभागले जनाएको छ ।

विभागले हिमाली भेग रहने मानिसलाई सतर्क रहन ‘अलर्ट’ जारी गरेको छ । उक्त हिमपातले हिमपातको प्रत्यक्ष असर पर्वतारोहिमा पर्न सक्ने भन्दै चक्रवात रहँदासम्म विशेष सावधानी अपनाउन आग्रह गरेको छ । विभागको गणितिय मौसम पूर्वानुमानका आधारमा आगामी तीनदिनसम्म हिमपातको अनुमान गरेको छ ।

मंगलबार

विभागका अनुसार पश्चिम क्षेत्रमा सामान्यतया बदलीरहि पश्चिमी हिमाली क्षेत्रको धेरै स्थानमा हल्का देखि मध्यम खालको र मध्य क्षेत्रको हिमालि भेगका केहि स्थानमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ । त्यस्तै पुर्बी हिमालि क्षेत्रको थोरै स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ। पश्चिमका एक दुई स्थानमा फाट्टफुट्ट वर्षाको संभावना देखिन्छ।

बुधबार

पश्चिम र मध्य क्षेत्रमा सामान्यतया वदलि रहि हिमालि भेगका धेरै स्थानमा हल्का देखि मध्यम खालको हिमपातको संभावना रहनुको साथै पूर्वी हिमालि क्षेत्रको केहि स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ। पश्चिमका केहि क्षेत्रहरुमा हल्का वर्षाको सम्भावना देखिन्छ।

विहीबार

पश्चिम र मध्य क्षेत्रमा सामान्यतया वदलि रहि हिमालि भेगका केहि स्थानमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहनुको साथै पूर्वी हिमालि क्षेत्रको एक दुई स्थानमा हल्का हिमपातको संभावना देखिन्छ। पश्चिमका एक दुई स्थानमा फाटफुट वर्षाको संभावना देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.