राप्तीभेरी विकास बैंक प्राप्ति पश्चात ज्योति बैंकद्धारा आजदेखि एकिकृत कारोबार शुरु

  २०७४ कार्तिक ८ गते १७:४८     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले क्षेत्रिय स्तरको राप्तीभेरी विकास बैंकलाई प्राप्ति(एक्विजिसन) गरी आज अर्थात कात्तिक ८ गतेदेखि एकिकृत कारोबार शुरु गरेको छ । बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले संयुक्त कारोबार सञ्चालन समारोहको उद्घाटन गरेका हुन् ।

ज्योति विकास बैंकले हालसम्म झिमरुक विकास बैंक र राप्तीभेरी विकास बैंक गरी २ वटा क्षेत्रिय स्तरको विकास बैंकहरुलाई प्राप्ति गरिसकेको छ ।

यस प्राप्ति पश्चात् ज्योति विकास बैंक लिमिटेडेको चुक्ता पूँजी २ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । बैंकको कुल निक्षेप १२ अर्ब ४० करोड रुपैयाँ, कर्जा लगानी १० अर्ब ३० करोड रुपैयाँ रहेको छ । हालसम्म बैंकको शाखा संख्या ४६ तथा ग्राहक संख्या १ लाख ४० हजार भन्दा बढि पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.