सेयर बजारमा ४६ करोडको कारोबार, विशाल बजारको सेयर मूल्य १० प्रतिशतले वृद्धि

  २०७४ असोज २ गते १५:४०     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजारमा ४६ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ११ करोड रुपैयाँ घटि हो । अघिल्लो दिन (आइतबार)को सेयर बजारमा ५७ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

कारोबार रकम सँगैै सोमबारको नेप्से परिसूचकमा पनि गिरावट आएको छ । सो दिन नेप्से परिसूचक ४ दशमलब २४ अंकले घटेर १५४३ अंकमा झरेको छ ।

नेप्से र कारोबार दुबैमा गिरावट आएको दिन पनि बिशाल बजारको सेयर मूल्यमा करिब १० प्रतिशत वृद्धि भएको छ । सोमबार ९.९८ प्रतिशतले सेयर मूल्य बढेको यस कम्पनीको प्रतिकित्ता सेयर २७०१ रुपैयाँमा कारोबार भएको छ ।

बजारमा सबैभन्दा बढी एभरेष्ट बैंकको सेयर करोबार भएको छ । यस बैंकको २ करोड रुपैयाँ बढीको सेयर करोबार भएको छ । सो दिन बैंकको प्रतिकित्ता सेयर मूल्य १२३२ रुपैयाँ रहेको छ ।

त्यस्तै, उतार चढाव रहेको सेयर बजारमा तीन समूहको परिसूचक उकालो लागेका छन् भने अन्य बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । ट्रेडिङ २०, हाइड्रोपावर १४ र उत्पादनमूलक २ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक २० अंकले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.