सिद्धार्थ इक्वीटी फन्ड असोज २५ देखि बिक्री खुला हुदै

  २०७४ भदौ २९ गते ९:२४     विकासन्युज

काठमाडौं । सिद्धार्थ म्युचल फन्डले १० करोड २० लाख एकाई सिद्धार्थ इक्वीटी फन्ड बिक्री खुला गर्न लागको छ ।

प्रति एकाई १० रुपैयाँ दरको फन्ड आउदो असोज २५ गतेदेखि बिक्री खुला हुदैछ । कोषको प्रवद्र्धकमा सिद्धार्थ बैंक र योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

निष्कासन बन्द छिटोमा असोज २९ र ढिलोमा कात्तिक ८ गते हुने छ ।
कुल १२ करोड एकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ८० लाख एकाई सिद्धार्थ बैंकले राख्ने छ ।

दरखास्त दिन पाउने संख्या न्युनतम १ सय र बढीमा २४ लाख एकाई रहेको सिद्धार्थ क्यापिटलले जनाएको छ । योजनाको अवधि बाँडफाँड गरेको १० वर्षमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.