ग्लोबल आईएमई बैंकको चुक्तापुँजी ८ अर्ब ८८ करोड पुग्ने

  २०७४ भदौ २८ गते १६:४५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको चुक्तापुँजी ८ अर्ब ८८ करोड रुपैयाँ पुग्ने भएको छ ।  बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर बितरण गर्ने भएपछि सो रकम चुक्तपुँजी पुग्ने भएको हो ।

गत आवमा गरेको नाफाबाट बैंकले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । गत आवमा बैंकले २ अर्ब ३ करोड रुपैयाँ बढी खुद नाफा गरेको थियो ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

बैंकले भारत तथा अष्ट्रेलियमा प्रतिनिधि कार्यालय खोली कार्य गर्दै आएको छ भने बेलायतमा छिट्टै नै प्रतिनिधि कार्यालय खोल्ने क्रममा रहेको जानकारी दिएको छ ।

बैंकले १ खर्ब २ अर्ब रुपैयाँ निक्षेप परिचालन तथा, ८४ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको जानकारी दिएको छ ।

बैंकको हाल १११ वटा शाखा, १४ वटा राजश्व संकलन काउण्टर, ११९ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर तथा ४६ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.