ईण्डोनेशियासँग नेपालको व्यापार बढ्दो, नेपालीलाई अनएराईभल भिसा सुविधा

  २०७४ भदौ ३ गते १३:२०     विकासन्युज

काठमाडाैं । गणतन्त्र ईण्डोनेशियाको ७२औं स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि ईण्डोनेशियाका अवैतनिक वाणिज्यदुत चन्द्रप्रसाद ढकालले वाणिज्यदुतको कार्यालय, आईएमई कम्प्लेक्स परिसरमा इण्डोनेशियाको झण्डोत्तलन गरेका छन् ।

कार्यक्रममा नेपालमा बसोबास गरिरहेका ईण्डोनेशियन नागरिकहरु, वाणिज्यदुत कार्यालयका कर्मचारी तथा आइएमई ग्रूपमा कार्यरत कर्मचारीहरुको उल्लेख्य उपस्थिति थियो ।

नेपाल र गणतन्त्र ईण्डोनेशियाबीच सन् १९६० माऔपचारिक कुटनीतिक संबन्ध स्थापना भएको थियो । गणतन्त्र ईण्डोनेशिया र नेपालबीच आपसी कुटनीतिक र आर्थिक संबन्ध वाणिज्य दूतावासको स्थापनाले थप मजबुत बन्दै आएको सो अवसरमा ढकालले बताए ।

नेपालका लागि ईण्डोनेशियाको गैह्र आवासीय राजदुतको कार्यालय बंगलादेशको ढाकामा अवस्थित छ । नेपालस्थित अवैतनिक वाणिज्यदूतको कार्यालयको पहलमा सन् २०१६ मेदेखि नेपाली नागरिकहरुलाई ईण्डोनेसियामा फ्री भिषा अन अराइभल पनि दिन थालिएको उनले बताए । यो व्यवस्थाले नेपालीहरुलाई ईण्डोनेशिया भ्रमणमा सहजबनाएको छ र दुवै देशको पर्यटन व्यवसायमा राम्रो प्रभाव पारेको ढकालले बताए ।

ईण्डोनेशिया आसियान राष्ट्रहरू मध्येको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो । साथै, नेपाल र ईण्डोनेशियाबीचको व्यापारको परिमाण पनि निकै ठूलो छ । दुई देशबीच व्यापार व्यवसायका थुप्रै संभावनाहरु रहेको वाणिज्य दूतावासद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.