नेपाल डुबाउने भारतीय बाँध, नेपाली भूमिमा भारतको रजाइँ

  २०७४ भदौ १ गते ७:०९     विकासन्युज


नेपालगन्ज । लक्ष्मणपुर बाँध र त्यसको परिपुरक आयोजनाका रुपमा निर्मित कलकलवा तटबन्धका कारण बाँकेको बघौडा क्षेत्र बर्सेनी डुबान कटानको समस्यामा पर्दै आएको छ ।

यी दुई संरचना निर्माण भएयता हालसम्म झन्डै दुई हजार पाँच सय बिघा जमिन डुबान र कटानले नष्ट भएको छ भने चार हजार बिघामा उर्बाराशक्ति ह्रास भएको छ ।

लक्ष्मणपुर बाँधपीडित संघर्ष समितिका अनुसार डुबान तथा कटानबाट करिव ६० हजार ब्यक्ति प्रभावित भइरहेको छ । भारतले आफ्नो भूमिको सुरक्षा र स्वार्थका लागि अन्तर्राष्टिय कानुन विपरित सीमा नजिकै बाँध र तटबन्ध बनाउँदा नेपाली भूमी डुबिरहेको छ । लक्ष्मणपुर बाँध पीडित संघर्ष समिति अध्यक्ष जगदिशबहादुर सिंह भन्छन् । हामी नेपाली भने टुलुटुलु हेरेर बसिरहेका छौं । हाम्रो सरकार पनि मौन छ । चार दिनअघिको बाढी तथा डुबानले पनि निकै क्षति पुर्याएको उनले बताए । नागरिक दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.