२२ अर्ब लगानी थप्दै नेपाल टेलिकम, आक्रामक बजार विस्तारसँगै एसएमएस सेवा निःशुल्क

  २०७४ साउन २९ गते १५:५३     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले टेलिफोन सेवा र विस्तार र नयाँ सञ्चार प्रविधि जडान गर्न २२ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।  चालु आर्थिक वर्ष ०७४/०७५ मा यो रकम लगानी गरेर ग्राहक संख्या १७ प्रतिशत बढाउने लक्ष्य टेलिकमले लिएको छ । टेलिकमका हाल १ करोड ७४ लाख ४२ हजार ग्राहक छन् । चालु आवमा टेलिकमका ग्राहक २ करोड नाघने भएका छन् ।

फोरजी सेवा,वाइम्याक्स र तारसहितको टेलिफोन सेवा विस्तारमा टेलिकमले लगानी बढाउने प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उनले यो वर्षदेखि डिजिटल अर्थतन्त्र निर्माणमा टेलिकमले ध्यान केन्द्रीत गर्ने जानकारी दिइन् । यस्तै इन्टरनेट सेवालाई अझ प्रभावकारी बनाउने उनले बताइन् ।

पुर्वाधार निर्माणतर्फ चालु आवमा टेलिकमले पाँचथरको चियोभन्ज्याङदेखि गोरखाको आरुघाट बजारसम्म ८ सय किलोमिटर लामो सुचना मार्गको निर्माण गर्ने भएको छ । गत आवमा टेलिकमले १५ अर्ब रुपैयाँ खुदनाफा गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत मध्ये सबैभन्दा बढी नाफा टेलिकमको छ ।

गत आवमा टेलिकमले ४४ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । टेलिकममा ९२ प्रतिशत सरकार र ८ प्रतिशत सर्वसाधारणको सेयर लगानी रहेको छ । अविरल बर्षाका ठुलो धनजनको क्षति भएको भन्दै टेलिकमले आफनो सञ्जालाभित्र  मुलुकभर एसएमएस सेवा निशुल्क गर्ने जानकारी दिएको छ । याे सेवा साउन ३१ गते मंगलबारसम्म  निशुल्क गर्ने टेलिकमले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.