भूकम्प पीडित घर पुनर्निर्माण अनुदान एक वर्षभित्र लिनैपर्ने, नलिइ पाइदैन

  २०७४ साउन ३ गते ७:२६     विकासन्युज

काठमाडौं । भूकम्पबाट क्षति भएका निजी घर पुनर्निमाण अनुदान ०७५ असार अर्थात आगामी एक वर्षभित्र लिनै पर्ने भएको छ ।

असारपछि यो अनुदान रकम वितरण नगर्ने निर्णय पुनर्निमाण प्राधिकरणले गरेको छ ।

अनुदान रकम लिने विभिन्न समयसीमा तोक्दै ०७५ असारपछि अनुदान रकम वितरण नगर्ने प्रकृतिको निर्णय गरेको हो । प्राधिकरणका सीईओ गोविन्दप्रसाद पोखरेलका अनुसार कानूनी अडचनबाहेकका अवस्थामा घर पुनर्निमाणको लागि ०७५ भित्रै अनुदान लिनुपर्ने व्यवस्था गरिएको छ ।

जग्गाको लाजपूर्जा नभएको, घरमूलीको मृत्यु भइ कसको नाममा बनाउने अन्योल भएको, अंशबण्डा गर्न बाँकी रहेका लगायत बाध्यात्मक अवस्था र कानुनी अड्चनबाहेकले एक वर्षपछि अनुदान नपाउने पनि प्राधिकरणले जानकारी दिएको छ । कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.