साल्ट ट्रेडिङ कर्पोरेशनको २५ प्रतिशत लाभांश पारित

  २०७४ असार २९ गते १८:२९     विकासन्युज

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको २५ प्रतिशत लाभांश पारित भएको छ । कर्पोरेशनको बिहीबार सम्पन्न ५०औँ वार्षिक साधारण सभाले २०७२।०७३ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोवार गरी आम उपभोक्ताहरुलाई गुणस्तरयुक्त खाद्य वस्तु तथा अन्य वस्तुको सरल र सहज आपूर्ति गरी सेवा पुर्याउदै आएको बताएका छन् । साथै, कम्पनीले अघोषित नाकाबन्दी तथा तराई आन्दोलनका वावजुद पनि ६ अर्व ८३ करोड रुपैयाँको कारोवार गर्न सफल भएको अध्यक्ष मानन्धरले बताए ।

कम्पनीले उक्त आवको कारोबारबाट कुल मुनाफा ६१ करोड २४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको साल्ट ट्रेडिङ कर्पोरेशनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।   कर्पोरेशनले यस वर्षको शुरुको ११ महिना जेष्ठ मसान्तसम्म ७ अर्ब ५६ करोड रुपैयाँको कारोवार गरेको छ । जुन रकम अघिल्लो वर्षको भन्दा २ अर्ब रुपैयाँ बढी हो । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ६९ करोड रुपैयाँको कारोबार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.