डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा एमालेको जित

  २०७४ जेठ १ गते १६:२८     विकासन्युज

काठमाडौं । डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । काइकेमा एमालेका अंगत रानाले ९२० मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन् ।

निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका हुरा बुढाले जम्मा ८० मत मात्र प्राप्त गरेका छन् । उपाध्यक्षमा भने राप्रपाका कुञ्जन बुढा बिजयी भएका छन् ।

डोल्पाको से फोक्सुण्डो गाउँपालिकामा एमालेका टसी तुण्डुप गुरुङ यस अघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.